बुकेनीको सामुदायीक स्वास्थ्य ईकाई व्यवस्थापन समिति गठन

  • १४ बैशाख २०७५, शुक्रबार
  • 1938 पटक पढिएको

केपी सापकोटा/बरंजा १४ बैशाख । मंगला गाउँपालिका ४ बुकेनीमा रहेको सामुदायीक स्वास्थ्य ईकाईमा शुक्रबार वडा अध्यक्ष ओमबहादुर रोका मगरको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।

अनमी संगम खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यमा बरंजा स्वास्थ्य चौकीका प्रमुख विश्व श्रेष्ठ, वडा सदस्य मनमाया चोचाङ्गी, स्वमसेवीका डिलमाया फगामी, रेशम बुढाथोकी, दलबिर पुन र सुकमाया बिक रहनुभएको छ । समितिको बैठकले ईकाईको सेवालाई थप प्रभावकारी बनाउन, आवश्यक औषधी र कार्यालय व्यवस्थापनका सामाग्री खरिद गर्न गाउँपालिकामा बजेटको माग गर्ने निर्णय गरेको छ ।

चैत १ गते स्थापना भएको ईकाईमा हालसम्म १६० जनाले सेवा लिएका छन् । वडा अध्यक्ष रोकाको अध्यक्षता र बरंजा स्वास्थ्य चौकीका अहेव बबरजन पालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी बरंजाका सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य चौकी र ईकाई मार्फत जुकाको औषधी खुवाउने काम भैरहेको जनाइएको छ ।