दिपा विकलाई पिस सिटिको आर्थिक सहयोग

  • २१ आश्विन २०७५, आईतवार
  • 1043 पटक पढिएको

म्याग्दी, २१ असोज । कान सुन्न नसक्ने बेनी नगरपालिका– ६ जामुनाखर्ककी १४ बर्षिय दिपा विकलाई सरलयन्त्र उपकरण किन्न लागि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बेनी पिस सिटिले १३ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
आईतबार वडा अध्यक्ष कृष्णकुमार बानियाँको उपस्थितमा पिस सिटिका अध्यक्ष लोकेश पुनमगर र खम थापा मगरले सो सहयोग दिपा विकलाई हस्तान्तरण गरेका हुन् ।
शारिरिक रुपमा कमजोर र कान सुन्न नसक्ने समस्याले उनको दैनिकचर्या असहज हुदै आएको थियो । उनको पढाई र दैनिक कार्य सहज बनाउन आवश्यक उपकरण किन्नका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष पुनमगरले जानकारी दिए ।