विद्यालयमा सरसफाई र स्वच्छता समन्वय समिति गठन

  • २१ आश्विन २०७५, आईतवार
  • 1289 पटक पढिएको

बेनी २१ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका ६ आरवाङमा रहेको जनविकास आधारभुत विद्यालयमा आईतबार खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको छ ।

ब्यवस्थापन समितिका अध्यक्ष चक्र पुनको अध्यक्षतामा भएको सरोकारवालाहरुको भेलाले भिमप्रसाद जुक्जालीको अध्यक्षतामा फुलबहादुर जुक्जाली उपाध्यक्ष, तिलकमान गर्बुजा सदस्य सचिव, सम्पूर्ण सुवेदी, बिना जुक्जाली, संगम शर्मा, कलावती गुरुङ, वुद्धीमाया पुन र लोकप्रसाद पुन सदस्य रहनुभएको समिति गठन गरेको हो ।

गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा कदम म्याग्दीले आयोजना गरेको कार्यक्रमका अवसरमा विद्यालय स्तरीय खानेपानी, सरसफाई तथा स्व्च्छता कार्ययोजना तयार गरिएको प्रअ तिलकमान गर्बुजाले जानकारी दिनुभयो ।