मंगला गाउँपालिकाद्धारा कृषकलाई औजार वितरण

  • २१ आश्विन २०७५, आईतवार
  • 2135 पटक पढिएको

बेनी २१ असोज । मंगला गाउँपालिकाका कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मिनीटेलर हलो, कम्बाइन्ड मिल र रुख काट्ने औजार वितरण गरिएको हो । २५ प्रतिशत अनुदानमा ४० वटा मिनीटेलर हलो, ८ वटा कम्बाइन मिल र एक वटा रुख काट्ने विद्युतीय औजार वितरण गरिएको परियोजनाले जनाएको छ ।

कृषिमा यान्त्रिकरण गरी उत्पादन लागत घटाउने उद्देश्यले औजार वितरण गरिएको हो । वडा र गाउँपालिकाको सिफारिसमा औजार वितरण गरिएको परियोजनाले जनाएको छ । मिनीटेलर हलोको ४६ हजार, कम्बाइन मिलको ४८ हजार र नेनस औजारको बजार मूल्य २५ हजार रहेको छ ।

सबै औजारमा कृषकले २५ प्रतिशत छुट पाएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मंगला गाउँपालिकाको बाबियाचौर, अर्मन र बरंजामा मकै ब्लक कार्यक्रम सञ्चालन भएको छ । यसअघि गत जेठ महिनामा मंगला गाउँपालिकाले अनुदानमा ४० थान मिनीटेलर हलो वितरण गरेको थियो ।