म्याग्दी समाचार
यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत
- 7 बर्ष, 1 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण
- 7 बर्ष, 1 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय... पुरा पढ्नुहोस
मल्लाज कोतको पुननिर्माण (फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
मल्लाज २६ असोज । स्थानीयबासीले डेढ करोड रुपैया लगानी गरेर जलजला गाउपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गरेका छन् । वाईसे चौवीसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण भएको हो... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपाको संयन्त्र गठन, ६ वटै स्थानीय तहमा संयन्त्र निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेनी, २५ असोज । म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार पार्टीको नयाँ संरचना तयार नहुँदा सम्म पार्टीका गतिविधिलाई अगाडी बढाउनको लागि जिल्ला स्तर देखि स्थानीय तहसम्मको पार्टीको संयन्त्र निर्माण गरिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको... पुरा पढ्नुहोस
कालीगण्डकीमा मोटरसाइकल खस्दा घाइते पर्यटककाे उपचारकाे लागी काठमाण्डाै लगीयाे
- 7 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
म्याग्दी — मुस्ताङ जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियन पर्यटक घाइते भएकी छिन् । बा ४१ प ३६८ नम्बरको रोयल इन्फेन्टर मोटरसाइकलमा सवार ५५ वर्षीया अस्ट्रेलियन नागरिक रोवर्टस नोभेल सुजेम मेरीया बेनीदेखि तीन किलोमिटर उत्तर गलेश्वर नजिक दुर्घटनामा परेकी हुन् । मेरिया मोटरसाइकलसहित सडकदेखि करिब १२ मिटर तल कालीगण्डकी नदी किनारमा... पुरा पढ्नुहोस
काउलेगौडाँ युवा क्लव घतानद्धारा विजयी दशमी मेला सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
म्याग्दी, २५ असोज । नेपालीहरुको महान चार्ड विजयी दशमीको अवसरमा बेनी नगरपालिका– ९ घतानमा काउलेगौडाँ युवा क्लवद्वारा आयोजित मेला बुधबारदेखि सुरु भएको छ ।क्लवले आयोजना गरेको मेलामा भलिबलमा २४ टिमको सहभागिता रहेको छ । भलिबलसंगै विभिन्न सास्कृति एवम् नृत्य प्रतियोगिता आयोजना गरको छ । केवाईसी युवा क्लवका अध्यक्ष चिरञ्जीवी सुवेदीको... पुरा पढ्नुहोस
पर्यटकीय पुनहिलमा पर्यटकको चहलपहल बढ्यो ( फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेनी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकहरुको भिड बढेको छ । घोडेपानीको शिरमा समृन्द्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोज महिनाको सुरुवातदेखि नै पर्यटकहरुको आगमन बढेको हो । अहिले दैनिक ४ सय देखि ७ सय सम्म पर्यटकहरु... पुरा पढ्नुहोस
सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम
- 7 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
म्याग्दी, २४ असोज । जिल्लाको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार... पुरा पढ्नुहोस
न्यु धौलागिरि बचत तथा ऋण सहकारीको १९ औँ बार्षिक साधारणसभा
- 7 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
म्याग्दी, २४ असोज । जिल्लाको सदरमुकाम बेनीबजारबाट कारोबार गर्दै आएको न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेको १९औँ बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । साधारण सभालाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहकारीले सरकारको नीतिलाई पालना गर्र्दैे सहकारीको लगानी कृषिको प्रर्वद्धन, विकास... पुरा पढ्नुहोस
राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण सम्पन्न
- 7 बर्ष, 1 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी, २३ असोज । बेनी नगरपालिका–९ नेप्टेचौरमा रहेको राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय अन्तरगत युवा रेडक्रस सर्कल, धौलागिरि बाल क्लव र आदर्श पुस्तकालयको सयुक्त आयोजनामा असोज १९ गतेबाट सुरु भएको बहृत खेलकदु कार्यक्रमको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान मंगलबार सम्पन्न भएको हो... पुरा पढ्नुहोस