क्रियटिभ युथ ग्रुप पिप्लेद्वारा अमरसिङ विधालयमा शैक्षिक सामाग्री वितरण

  • १४ पुष २०७५, शनिबार
  • 2051 पटक पढिएको


म्याग्दी, १४ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा रहेको अमरसिङ आधारभूत विद्यालयमा क्रियटिभ युथ ग्रुप पिप्लेद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार सिवाईजी ग्रुपले विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीहरुलाई ११ हजार रुपैयाको शैक्षिक सामाग्रि वितरण गरेको हो ।


विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जगत शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका अध्यक्ष तथा कार्यक्तमका संयोजक सन्जय शर्मा, विद्यालयका अध्यक्ष शाही र प्रअ महदत्त सुवेदीद्धारा विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।


कार्यक्तममा बोल्दै अध्यक्ष शर्माले समाजको विकासमा युवाहरुको जिम्मेवारी महत्वपुर्ण भएको बताउदै सो कार्यमा युवाहरुको एकता र सक्रियताले सम्भव हुने बताए । ग्रुपले सामाजिक क्षेत्रमा गरेको कार्यमा सबैको सुझाव सल्लाह आवश्य रहेको बताए । सोही कार्यक्रममा अविभावकको तर्फबाट मन्तव्य राख्दै रविन सुवेदीले विद्यार्थीको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सामाग्री वितरणले सहयोग पुग्ने बताए ।

सामाजिक गतिविधिमा क्रियाशिल रहेको ग्रुपका संयोजक शर्मासहित उपाध्यक्ष गोकुल शर्मा, सज्जन मल्ल, अतित शर्मा, विनोद शाहीको उपस्थित रहेको थियो । शिक्षक दुर्गादत्त सुवेदीको स्वागत मन्तव्य रहेको कायक्रमको संचालन विद्यालयका प्रअ सुवेदीले गरेका थिए । सिवाईजी पिप्लेले पछिल्लो समय सदस्यता विस्तारलाई समेत तिव्रता दिएको छ ।