अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग

  • ९ पुष २०७५, सोमबार
  • 1207 पटक पढिएको

बेनी ९ पुष । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष मल्लले गाउँपालिकाको भैपरि आउने बजेटबाट चन्द्रेश्वर शिवालय सम्म सडक र मुल सडक देखि शिवालयसम्म पदमार्ग बनाउन पालिकाबाट एक लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिनुभयो ।

धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको सातौ दिन आइतबारसम्म २४ लाख ५२ हजार ७६७ रुपैयाँ संकलन भएको कोषाध्यक्ष हिराबहादुर जिसीले बताउनुभयो । शनिबारसम्म १८ लाख २२ हजार १४३ रुपैयाँ संकलन भएको महायज्ञमा आइतबार छ लाख २९ हजार ५९४ रुपैयाँ थपिएको हो ।

ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताउनुभयो । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भिमनाथ पराजुलीले कथावाचन गर्नुभएको छ ।