म्याग्दी समाचार

म्याग्दीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

म्याग्दी, ११ कात्तिक । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ म्याग्दीमा नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरिएको छ । शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको सो कार्यक्रमलाई प्रभाबकारी बनाउँदै शान्ति सुरक्षालाई मजबुत र बलियो बनाउन म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुखहरुले प्रतिशद्धता... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण वर्षको प्रचार टोली हेटौडामा

हेटौडा ११ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार अभियान अन्तरगत आइतबार प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा मकवानपुरका उद्योगी ब्यवसायीहरुसंग अन्तरक्रिया गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि पाहुना बोलाउन म्याग्दी भ्रमण वर्षको अगुवाइ गरेको उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको अभियान अन्तरगत मकवानपुर उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस

ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडीयो

म्याग्दी ११ कात्तिक । अठार महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पुरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत आयोजनाले निर्माण ब्यवसायीसंग भएको ठेक्का तोडेको छ । पत्र र मौखिक रुपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसंग भएको सम्झौता रद्द... पुरा पढ्नुहोस

भलिबलको उपाधी आयोजक भगवतीलाई

म्याग्दी, ११ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिता अन्र्तगत जिल्लाकै सर्वाधिक राशि भएको भलिबलको उपाधी आयोजक भगवती युवा क्लवले जितेको छ । तिन हजार भन्दा बढी दर्शक भएको फाईनलमा आयोजक भगवतीले बाजुङ पर्वतलाइ दुईका विरुद्ध तिन सेट जित्दै उपाधी जितेको हो । वडा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सुन जस्तै पहेँलपुल बनेपछि (फोटो कथा)

म्याग्दी, ९ कात्तिक । रघुगंगा गाउँपालिका–३ मा रहेको मौवाफाँट, पिप्ले र कलेजाबाङका फाँटहरु धान पाक्न थालेपछि सुनझै पहेँलपुर बनेका छन् । बेनी नगरपालिका–९ नेप्टेचौर क्षेत्रबाट नियाल्दा रघुगंगा गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट आसपासका धानका फाँट यतिबेला पहेँलपुर बनेर लोभलाग्दो देखिन्छ । धान उत्पादनमा पकेट क्षेत्र मानिने यो क्षेत्रमा यतिबेला कृषकहरु... पुरा पढ्नुहोस

रघुगंगामा योजना कार्यान्वयनको तयारी

बेनी १० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी गरेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा न. ५ झिँमा गठन भएका उपभोक्ता... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण वर्षको प्रचार अभियान

बेनी ९ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि देशका विभिन्न स्थानमा पुगेर आन्तरिक पर्यटकहरुलाई आमन्त्रण गर्न प्रचार अभियान सुरु भएको छ । ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य संघले घुम्नका लागि निम्तो गर्न शुक्रबारदेखि अभियान सुरु गरेको हो ।... पुरा पढ्नुहोस

रितुङ मावि र बाढी पीडितलाई मल्कवाङ्ग समाज युकेद्धारा आर्थिक सहयोग

म्याग्दी, ९ कात्तिक । मल्कवाङ समाज युकेद्वारा म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालय र बाढी पीडितलालाई तिन लाख ११ हजार आठ सय रुपैया आर्थिक सहयोग भएको छ । १७५ विद्यार्थीहरुले अध्ययनरत विद्यालयलाई दुई लाख ६१ हजार आठसय र बाढी पीडितलाई ५० हजार रुपैया आर्थिक सहयोग गरिएको हो... पुरा पढ्नुहोस

दुर्गम बस्ती चेचुङ्गमा सौर्य उर्जाबाट बिजुली पुगेपछी स्थानीयमा खुसीयाली

म्याग्दी ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मा पर्ने विकट बस्ती चेचुङ्ग गाउँमा सौर्य उर्जाको माध्ययमबाट विद्युतको सुविधा विस्तार गरिएको छ । सोलार मार्फत गाउँमा बिजुली बत्तिको सुविधा पुगेपछि चेचुङबासीमा खुसीयाली छाएको छ । बिस घरधुरीको बसोबास रहेको यहाँ अमेरीकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य उर्जा... पुरा पढ्नुहोस

भगवती र बाजुङको फाइनल शनिबार हुने

राखु ८ कात्तिक । म्याग्दीका रघुगंगा गाउँपालिका– राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा अन्र्तगत भलिबल फाईनल भगवती युवा क्लव र बाजुङ युवा क्लव पर्वत विच हुने भएको छ । सेमिफाईनलमा भगवती युवा क्लवले मिक्स पिप्ले र बाजुङ युवा क्लव  पर्वतले काउलेगौडाँ युवा क्लव घतानलाई पराजित गर्दै फाईनलमा प्रवेश... पुरा पढ्नुहोस