मोनालाई एकताबद्ध बनाएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष छन्त्याल (भिडियो)

  • ५ कार्तिक २०७८, शुक्रबार
  • 994 पटक पढिएको

म्याग्दी ५ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले मोनालाई थप एकताबद्ध गरि प्रवासी म्याग्देलीको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ । मोनाको चौथो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका अध्यक्ष छन्त्यालले विश्वभर छरिएका म्याग्देलीहरु सबैको भावनालाई आत्मसाथ गर्दै मोनाको लक्ष्य र उदेश्यलाई पुरा गर्न लागीपर्ने बताउनुभयो ।

 

 

नेतृत्व चयनमा अध्यक्ष पदका पत्यासी तीन जनाबिच सहमती हुन नसकेपछि निर्वाचन मण्डलको निर्णयलाई नै स्विकार गर्ने सहमती गरेर सहज रुपमा नेतृत्व चयन भएकाले सतहमा आएका असन्तुष्टिहरुलाई संस्थाभित्र नै बहस र छलफलबाट समाधान गर्न सकिने अध्यक्ष छन्त्यालको भनाई छ । उहाँले आफ्नो नेतृत्वको कार्यकालमा मोनाको सञ्जाल विस्तार गर्ने, जिल्लामा मोना बैँकको स्थापनाको लागि आबश्यक पहल र कोसीस गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले म्याग्दीमा उत्पादन हुने उपजहरुलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन स्थानीय तहहरुसंग मोनाले सहकार्य गर्ने बताउनुभयो । प्रवासमा आर्जन गरेको शिप, ज्ञान र पुँजीलाई जिल्लाको विकास निर्माण, आर्थिक विकास र उत्पादनमुलक क्षेत्रमा लगानीको लागि समेत मोनाले पहल र प्रोत्साहन गर्ने अध्यक्ष छन्त्यालको भनाई छ ।