मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

  • ४ कार्तिक २०७८, बिहीबार
  • धिरन खत्री
  • 809 पटक पढिएको

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको निर्वाचन मण्डलका संयोजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


यसैगरी वरिष्ठ उपाध्यक्ष ददीवाल खड्का (जापान),उपाध्यक्षहरूमा सुर्य भट्टचन (पोर्चुगल),जंग वहादुर पुन (युके),नन्द गर्वुजा(युएई), महिला उपाध्यक्ष पुणर्िमा पाईजा(हङकङ),महासचिव हरि राम्जालि(अष्ट्रेलिया),सचिव सुनेश केसि ( दक्षिण कोरिया),विष्णु बरूवाल ( सुवोध) ( साउदि) निर्वाचित हुनुभएको छ ।


यसैगरि प्रवक्तामा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), कोषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित हुनुभएको निर्वाचन संयोजक श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचित कार्यसमितिका अध्यक्ष उपाध्यक्ष, सचिव लगायतलाई निर्वाचन अधिकृत श्रेष्ठ, निर्वतमान अध्यक्ष ओमनारायण जुग्जाली, पुर्व अध्यक्ष चत्रबहादुर थापा प्रमाणपत्रसहित निर्वाचित अध्यक्ष लगायतको टिमलाई सपथ ग्रहण गराएका थिए ।

निर्वाचित अध्यक्ष २६ बर्षदेखि अमेरिकामा कर्मथालो रहेको छ । उनी यस भन्दा अघि मोना कार्यसमितिको उपाध्यक्षमा रहेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l