एमाले राखु भगवतीको वडाअध्यक्षमा धुव्र सुवेदी
- ६ कार्तिक २०७८, शनिबार
- 774 पटक पढिएको
म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा अध्यक्षमा धुव्र सुवेदी सर्वसम्मत भएका छन् । सुवेदीको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा बालकृष्ण खत्री, सचिव अमृत भण्डारी सह-सचिवमा मन बहादुर कार्की र रसिला परियार सर्वसम्मत चयन भएका हुन् ।
वडा कमिटीको सदस्यहरूमा भेष बहादुर भण्डारी, कृष्ण केसी, मित्रलाल शर्मा, तोरण बहादुर केसी, रबी खत्री, भगवान् कटुवाल, अमर दजी लक्ष्मी कार्की, रमेश परियार, मनोज खत्री, कला केसी, लीला भण्डारी, सन्तु भण्डारी, सुशीला केसी, ज्ञान बहादुर कार्की, विष्णु खत्री, भीम बहादुर कार्की, सुगम खत्री, मनोज दर्जी, गोपाल परियार, सुमन परियार लगायत रहेका छन् ।
वडा कमिटी निर्वाचित पदाधिकारीलाई जिल्ला कमिटीका उपाध्यक्ष देवेन्द्रबहादुर कटुवालले शपथ ग्रहण गराएका थिए । एमाले म्याग्दीले कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकेको छ ।