पत्रकारिता पुरस्कारबाट खडका र बास्कुने सम्मानित
- २८ पुष २०७८, बुधबार
- 1117 पटक पढिएको
म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार सम्मानित भएका छन् । शाखाको पाँचौं अधिवेशनबाट पत्रकारद्वाय घनश्याम खड्का र अमृत बास्कुने सम्मानित भएका हुन् ।
शाखाका संयोजक प्रताप बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माद्धारा पत्रकारद्धाय खड्का र बास्कुनेलाई नगद ५ हजार ५५५ रुपैया नगदसहित प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको हो ।
पुरस्कारबाट सम्मानित खड्का नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष, कान्तिपुर दैनिकका सवांददाता रहेका छन् भने बास्कुने गोरखापत्र दैनिकका म्याग्दी संवाददाता सहित रुप्से दैनिक पत्रिकामा कार्यरत छन् ।
नेकपा एमालेको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित चौतारीका संस्थापक कार्यसमिति लगायतलाई दोषल्ला र मायाको चिनोबाट सम्मान गरिएको थियो ।
अधिवेशनलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले निष्पक्ष रुपमा खोजमूलक पत्रकारिता गर्न पत्रकारलाई आग्रह गरेका थिए ।