म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण

  • २७ पुष २०७८, मंगलवार
  • 885 पटक पढिएको

 

बेनी, २७ पुस । म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो ।


पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सबैसंग सहकार्य गरेर क्याम्पसको आर्थिक, भौतिक, शैक्षिक क्षेत्रलाई मजबुद बनाउने प्रतिवद्धता जनाउनुभयो । आगामी दिनमा क्याम्पसमा संचालन हुने सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयको कक्षा संचालनको लागि आवश्यक पुर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने समेत बताउनुभयो ।


ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ(दिपु), कोषाध्यक्षमा राजकुमार थापा सर्वसम्मत भएका छन् । समितिको सदस्यहरुमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, क्याःमिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउ प्रसाद छन्त्याल रहेका छन् ।