मंगलामा अपाङ्गता परिचय पत्र वितरण

  • २३ फाल्गुन २०७८, सोमबार
  • धिरन खत्री
  • 991 पटक पढिएको

म्याग्दी, २३ फागुन । मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र  वितरण कार्यविधि २०७५ बमोजिम हालसम्म ९८ जनालाई वितरण गरेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।


आईतबार अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले ८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । क बर्गको २ वटा, ख बर्गको २ वटा र घ बर्गको ४ वटा वितरण गरिएको अधिकृत आचार्यले जानकारी दिनुभयो । उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा रहेको ७ सदस्यीय समितिले निवदेनको आधार समितिको निर्णय अनुसार स्वास्थ्य अवस्था अनुसारको परिचयपत्र वितरण मंगला गाउँपालिकाले गरेको छ । जटिल अवस्थाका अशक्त ब्यक्तिलाई प्रमुखप्रशाकिय अधिकृतको नेतृत्वमा तत्काल उपलब्ध गराउछौ। भने, अन्य ब्यक्तिलाई निवेदनको आधारमा समन्वय समितिको बैठकको निर्णयबाट वितरण गर्दै आएको आचार्यले भन्नुभयो ।


संघियताले स्थानीय तह नागरिक नजिकको सरकारको रुपमा स्थापना भएको महशुश गराउन समाजका रहेका अशक्त ब्यक्तिहरुलाई लक्षित गरेर शिविर आयोजना गर्दै आएको उपाध्यक्ष केसीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सेवासुविधा उपलब्ध गराउन वडाको समन्वयमा आएको निवेदनमा रहेर अपाङ्गता परिचय पत्र वितरण गर्दै आाएको भन्नुभयो । ‘अपाङ्गता ब्यक्तिको स्वास्थ्य परिक्षण सहितको निवेदन र समितिको निर्णयअनुसार परिचय पत्र मंगलाले वितरण गराउदै आएको छ।’ परिचय पत्रसंगै स्वास्थ्य अवस्था अनुसार आवश्यक पर्ने ह्विलचियर, बैशाखी लगायतको सहायता सामाग्री गाउँपालिकाले अपाङ्गता ब्यक्तिलाई उपलब्ध गराउदै आएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l