माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित

  • २३ फाल्गुन २०७८, सोमबार
  • 717 पटक पढिएको

 

म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।


पाटीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य  समेत हुन् । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको जिल्ला अध्यक्ष समेत हुनुभएको थियो । लामो समयसम्म जिल्ला पाटीको नेतृत्व पौडेलले लिनुभएको थियो ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्यहरूको सूची पेस गरेका थिए । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको मनोनित भएका छन् । यसअघि माओवादीले २४७ जना सदस्य रहेको केन्द्रीय समिति बनाएको थियो ।