मौलिक तिहार गित ‘लक्ष्मी माताले’ चर्चा बटुल्दै

  • ५ कार्तिक २०७९, शनिबार
  • 697 पटक पढिएको

 

म्याग्दी, ५ असोज । हिन्दु धर्मालम्बीको दोस्रो महान चाड तिहारको अवसरमा सार्वजनिक भएको मौलिक गित ‘लक्ष्मी माताले’ चर्चा बटुलेको छ । गायकार राजन भुजेलले गलेश्वर म्युजिक सेन्टर च्यानलबाट सार्वजनिक तिहार विशेष ‘दिनु दान पवित्र हातले, रक्षा गरुन लक्ष्मी माताले’ गितले दर्शकमाझँ चर्चा बटुलेको हो ।

तिहार विशेष मौलिक गितमा राजन भुजेल जुना श्रीष अमृत भुजेल र झलक संगीतमको स्वर, शब्द भुजल र फौद कटुवाल (विन्दास) संगीत झलक संगीतमले गर्नुभएको छ ।गीतमा सुनिल क्षेत्री, उषा उप्रेती लगायत कलाकारको अभिनय रहेको छ ।

दर्शकविच चर्चा बटुल्दै गरेको ‘लक्ष्मी माताले’ गितमा तिहारको झिलिमिलि, देउसी–भैलो, दाजुभाई, दिदिनबहिनीविच समुदायमा चाडपर्वमा देखाईने सदभावलाई गित र भिडियोमा उतारिएको छ ।

हाम्रो परापुर्वकालको मौलिकतालाई जोगाउन ‘देउसी आय कात्तिके धान दिनु, देउपृतीलाई सम्झेर दान दिनु’ भाव रहेको गित गलेश्वर म्युजिक सेन्टर युट्व च्यालनबाट हेर्न र सुन्न सक्छि । कात्तिक १ गते सार्वजनिक भएको गित हालसम्म एक लाख भन्दा बढीले भिडियो अवलोकन गरेका छन् ।

(38) New Tihar Song 2079 Laxmi Matale (लक्ष्मी माताले ) Rajan Bhujel, Juna Shrees | Sunil Chhetri, Usha – YouTube