म्याग्देली लोक दोहोरी गायिका कार्की साँगेतिक प्रस्तुतीको लागि युरोप भ्रमणमा

  • ५ कार्तिक २०७९, शनिबार
  • 695 पटक पढिएको

म्याग्दी, ५ कात्तिक । बेल्जियममा रहेका राखुबासीहरुको निमन्त्रणमा विभिन्न साँगेतिक प्रस्तुतीका लागि म्याग्देली लोक दोहोरी गायिका सोभा कार्की युरोप भ्रमणमा निस्कनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती निवासी चर्चित लोक दोहोरी गायिका कार्कीलाई तिहारको अवसरमा विभिन्न साँगेतिक प्रस्तुतीको लागि बेल्जियममा रहेका राखुबासीहरुले आमन्त्रण गरेका हुन् ।

कार्की शनिवार बेल्जियम पुगिसक्नुभएको छ । कार्कीलाई बेल्जियमा रहनुभएका घन शाही , ज्ञानबहादुर रकाल लगायतले स्वागत गर्नुभएको थियो । कार्कीले यस क्रममा बेल्जियमका साथै फ्रान्स लगायत युरोपका विभिन्न मुलुकहरुमा आयोजना हुने साँगेतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती राख्ने जनाइएको छ । विभिन्न लोकदोहोरी एल्बमहरुमा स्वर भर्नुका साथै स्टेज र प्रतियोगितात्मक लोकदोहोरीमा सक्रिय रहनुभएकी कार्की लोक दोहोरी च्याम्पियन प्रतियोगितामा उपबिजेता हुन सफल हुनुभएको थियो ।