म्याग्दी समाचार

गाउँमा सडक पु¥याउन चन्दा उठाएर डोजर किने गुर्जाबासीले

म्याग्दी १६ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन् । मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २... पुरा पढ्नुहोस

दरमिजामा खाद्यान्न र ज्यामीको भाउ निर्धारण

म्याग्दी १६ चैत । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन अझै छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ । कसैले... पुरा पढ्नुहोस

रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न (तस्वीर सहित)

म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत... पुरा पढ्नुहोस

बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

म्याग्दी १५ चैत । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी)। फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र... पुरा पढ्नुहोस

बेनी अस्पतालमा सेवा लिन आउने सेवाग्राही संयमित बन्न आग्रह

  म्याग्दी, १५ चैत । बेनी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरु सभ्य बन्न आग्रह गरेको छ । पछिल्लो समय अस्पतालमा घटेको घटनाबारे बेनी अस्पताल समितिले पत्रकार सम्मेलन गरी जानकारी गराउदै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसंग सभ्य ब्यवहार देखाउन सेवाग्राहीलाई अस्पतालले आग्रह गरेको हो । बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी... पुरा पढ्नुहोस

बारी जोत्दै बालक (तस्वीर)

म्याग्दी १५ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

बेनी, १५ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट बर्ष २०२२÷०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीइ उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्गा बुढामगर सर्वसम्मत... पुरा पढ्नुहोस

मालिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार

बेनी, १५ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको... पुरा पढ्नुहोस

मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

म्याग्दी १४ चैत । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो । धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ... पुरा पढ्नुहोस

म्याग्दीमा लालीगुराँसले फस्टाउँदै पर्यापर्यटन

म्याग्दी १४ चैत । म्याग्दीका वनजङ्गल यतिबेला लालीगुराँस फुलेर राताम्यै भएका छन् । वनैभरि फुलेको लालीगुराँससँग मनै अघाउञ्जेल रमाएर हेर्न सहरबजारबाट युवायुवतीको भीड लेकका जङ्गलतिर उक्लिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट भकिम्लीको जङ्गलमा साथीसँग घुम्न आउनुभएकी पुनम रोका लालीगुँरासलाई छेउमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथी पनि... पुरा पढ्नुहोस