म्याग्दी समाचार

बगरको कर तिर्दै बगरफाँटवासी

ध्रुवसागर शर्मा म्याग्दी ४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा २८.७३ प्रतिशत बजेट खर्च

  म्याग्दी, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकामा चालु आथिर्क बर्ष २०७९/८० को सात महिनामा २८.७३ प्रशित बजेट खर्च भएको छ । माघसम्म चालु आवको ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १२ करोड ५३ लाख ७३ हजार ६७३ रुपैयाँ बजेट खर्च भएको हो । चालु आवको सात... पुरा पढ्नुहोस

मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी

स्याङ्जा, ३ फागुन । गण्डकी प्रदेश मुख्यमन्त्री कप –२०७९ मा महिलातर्फ म्याग्दी विजयी भएको छ । भने पुरुषतर्फ बागलुङ विजयी भएको छ । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बागलुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

    बाबियाचौर, ३ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि... पुरा पढ्नुहोस

जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो,४ जना गम्भिर घाईते

जोमसोम३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३  धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला... पुरा पढ्नुहोस

धौलागिरि चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा चासो

  म्याग्दी, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो... पुरा पढ्नुहोस

प्रथम सहिद लखन थापामगरको १४६ औँ स्मृती दिवसमा बेनीमा दीप प्रज्वलन

  बेनी, २ फागनु । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा प्रथम सहिद लखन थापाको १४६ औं स्मृती दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष लोकेश पुनमगरले सहिद थापाको तस्वीरमा माल्याअर्पण र दिपप्रज्वल गर्नुभएको थियो । विरेन्द्रचोकमा गरिएको दीप प्रज्वलनमा मगर संघ म्याग्दीका... पुरा पढ्नुहोस

बोटबाटै दुई करोडको सुन्तला बिक्री

गलेश्वर, २ फागुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष... पुरा पढ्नुहोस

बन्द भएका चिज उद्योग तीन वर्षपछि पुनःसञ्चालन

म्याग्दी, २ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको... पुरा पढ्नुहोस

विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइयो

बेनी, १ फागुन । २८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो । म्याग्दीमा नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले... पुरा पढ्नुहोस