म्याग्दी समाचार

घोडेपानीमा घोडादौड प्रतियोगिता

  म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात... पुरा पढ्नुहोस

म्याग्दीमा आईपुग्यो निर्वाचनका सबै सामग्री

  म्याग्दी, १७ कात्तिक ।हिमाली जिल्ला म्याग्दीमा निर्वाचनका सामग्री आईपुगेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५८ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा आईपुगेको हो । जिल्लामा आईपुगेको निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू मतदान केन्द्रमा पठाउनका लागि पोका... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेमा घरदैलो

म्याग्दी १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी... पुरा पढ्नुहोस

म्याग्दीमा मतदानस्थलको संवेदनशिलताको आधामा सुरक्षा तयारी

  म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका मतदानस्थललाई संवेदनशिलताको आधारमा बर्गिकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदानस्थल मध्य १५ वटालाई अति संवेदनशिल, ५८ वटालाई संवेदनशिल र ९ वटालाई सामान्य समुहमा राखेर सुरक्षा तयारी गरेका छन् । प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस

रोमानियामा म्याग्दीको रायखोरका एक युवाको मृत्यु

म्याग्दी १७ कात्तिक । वैदेशिक रोजगारीको शिलसिलामा रोमानिया पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । करिब चार महिना अघि मात्रै रोमानिया पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ बर्षिय युवा देबेन्द्र पुनको काम गर्ने फार्मको मेसिनमा च्यापिएर मृत्यु भएको हो । आफैले काम गर्ने फार्ममा मेसिनमा च्यापिएर मृत्यु भएको खवर... पुरा पढ्नुहोस

आजदेखि चुनाव प्रचारप्रसार, आमसभा गर्न पाइने

  म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुन लागिरहेको चुनावमा आजदेखि प्रचारप्रसार गर्न पाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विहिबारदेखि उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा,... पुरा पढ्नुहोस

ठाडाखानी र कुईनेखानीका मतदातासंग उम्मेदवार भण्डारी

  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । गठबन्धनका प्रदेश सभा सदस्य क्षेत्र नम्वर १ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने,... पुरा पढ्नुहोस

एमालेको पिप्ले र मुदीमा घरदैलो

  म्याग्दी, १७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । हिमाली जिल्ला म्याग्दीमा पनि नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन्... पुरा पढ्नुहोस

अर्मन र कूईनेखानीका मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार

  म्याग्दी, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूले अर्मन कुईनेमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जिल्ला... पुरा पढ्नुहोस

आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन उम्मेदवारलाई मतदाताका आग्रह

  म्याग्दी १७ कार्तिक । म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाँउमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजनाहरु भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । “हामीले खेती समयमा रासायनिक मल र... पुरा पढ्नुहोस