मुलुक

मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी

काठमाण्डौ ११ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९... पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी, मेयरमा बालेन्द्र साह जित नजिक

काठमाडाै ११, जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत... पुरा पढ्नुहोस

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : मेयर आचार्य

पोखरा ११ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने... पुरा पढ्नुहोस

भरतपुर महानगरपालिकाको मेयरको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा

चितवन ११ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै... पुरा पढ्नुहोस

स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना

काठमाडौँ, १० जेठ। सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले कम्पनी ढाँचामा नै निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । लामो समयदेखि निर्माण मोडालिटीको बारेमा स्पष्ट निर्णय हुन नसकेको सो आयोजना... पुरा पढ्नुहोस

‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

बागलुङ १० जेठ । बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिनुभयो । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उहाँले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गर्नुभयो... पुरा पढ्नुहोस

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

चितवन, १० जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छिन । यद्यपी औपचारिक घोषणा हुन बाँकी छ । आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८... पुरा पढ्नुहोस

एमालेलाई हराउँदै पोखरामा उदायो एकीकृत समाजवादी

पाेखरा , १० जेठ । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।... पुरा पढ्नुहोस

बेनी बजार जोगाउने तटबन्ध नबन्दा कटानको जोखिम यथावत

बेनी, ८ जेठ । गतबर्षको असार १ गते कालीगण्डकी नदीको उच्च बहाफले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुदाँ बेनी बजार कटानको जोखिममा यथावत छ । बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन् । कालीगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको... पुरा पढ्नुहोस

म्याग्दीमा सात प्रतिशत मत बदर

म्याग्दी, ७ जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८५ हजार ३७५ मतदातामध्ये ५४ हजार ६७८ अथवा... पुरा पढ्नुहोस