मुलुक

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण

  काठमाडौँ, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी... पुरा पढ्नुहोस

चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल

बागलुङ, ७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उहाँले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो । तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ... पुरा पढ्नुहोस

पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना

राजन पौडेल पर्वत ४ कात्तिक,। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगतको नतिजा र गत वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणामलाई विश्लेषण गर्दा नेकपा एमालका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । जोशी र गिरीले २०७४ सालको... पुरा पढ्नुहोस

 उपल्लो मुस्ताङी जाडो छल्न बेसी झर्छन 

मुस्ताङ । उपल्लो मुस्ताङका अधिकाँश स्थानीयबासी हिउँदयाम लागेपछि जाडो छल्न बेसी झर्ने सदियौंदेखिको प्रचलन छ। ।समून्द्री सतहदेखि ४ हजार मिटर अग्लो उचाईमा अवस्थित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने स्थानीयबासीहरु हिउँदयामको मौसममा जाडो छल्न बेसी झर्ने परम्परा हो । बर्सेनि बर्खायामको अन्नबाली थन्क्याएपछि उपल्लो मुस्ताङीले यार्तुङ पर्व... पुरा पढ्नुहोस

मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला... पुरा पढ्नुहोस

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

पोखरा ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफ क्लब बिजयी(तस्बिर सहित)

बेनी, २ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस्रो... पुरा पढ्नुहोस

तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस विजयी

बेनी, २ कात्तिक । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय महिला भलिवलमा : बागमतिलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

बेनी १ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनमा एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती... पुरा पढ्नुहोस