बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने

  • २५ पुष २०७९, सोमबार
  • 449 पटक पढिएको

बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो ।

माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता गर्नुपर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय अगाडीबाट दौड सुरु हुने प्रतियोगितामा पुरुषले ८ किलोमिटर र महिलाले ६ किलोमिटरमा दौड हुने छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले क्रमश ८ हजार ७ हजार र ३ हजार रुपैया र महिलातर्फ ५ हजार ३ हजार र २ हजार रुपैया पुरस्कार प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो । सहआयोजकमा एथलेटिक्स संघ र म्याग्दी उद्योग वाणिज्य संघ रहेका छन् ।