धौलागिरी
एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक
- 3 बर्ष, 3 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
म्याग्दी, २४ भदाै। गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि... पुरा पढ्नुहोस
मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ
- 3 बर्ष, 3 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । [caption id="attachment_48139" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।... पुरा पढ्नुहोस
एकमहिनादेखि बेपत्ता जामुनाखर्कका जङ्गबहादुर रामदाम
- 3 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७८, बिहीबार
म्याग्दी, १० भदौ । विगत एक महिनादेखि बेनी नगरपालिका–६ जामुनाखर्क निवासी जङ्गबहादुर रामदाम (विक ) बेपत्ता भएका छन् । साउन ९ गतेदेखि रामदाम घरपरिवारबाट सम्पर्कविहिन भएका हुन । बेपत्ता भएका ८० बर्षिय रामदामलाई परिवार र आफन्तजन लगायतको क्षेत्रबाट खोजी कार्य भएपनि भेटाउन नसकिरहेको बेपत्ता भएका ब्यक्तिका आफन्त अजित रसाईलीले जानकारी... पुरा पढ्नुहोस
मास्क एक फाइदा अनेक
- 3 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७८, बिहीबार
सुजन पाैडेल । झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ ।... पुरा पढ्नुहोस
नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)
- 3 बर्ष, 4 महिना अगाडि
- १ भाद्र २०७८, मंगलवार
म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस
धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन
- 3 बर्ष, 4 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
पर्वत, ३० साउन । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा... पुरा पढ्नुहोस
दिवंगत रोकाको स्मृतिमा माओवादीको शोकसभा
- 3 बर्ष, 4 महिना अगाडि
- २६ श्रावण २०७८, मंगलवार
बेनी, २६ साउन । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले उहाँको दिवंगतले पार्टी र... पुरा पढ्नुहोस
पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित
- 3 बर्ष, 6 महिना अगाडि
- २ असार २०७८, बुधबार
यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढी पहिरोबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्ला भरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई... पुरा पढ्नुहोस
विद्याज्योतीका पुर्व विद्यार्थीद्वारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- १ असार २०७८, मंगलवार
पर्वत, १ असार । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको विद्याज्योती माविका पुर्व विद्यार्थीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । विद्याज्योती माविका २०६४ सालमा एसएलसी परिक्षामा सहभागि ३० जना विद्यार्थीहरुले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग पुर्याउने किसिमले कुल सहयाेग एक लाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र समुदायस्तरमा दश हजार थान... पुरा पढ्नुहोस
जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज
- 3 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७८, सोमबार
म्याग्दी, ३१ जेठ । राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चको सो आदेशसँगै थापाको सांसद पद गएको हो । सोमबार न्यायाधीश... पुरा पढ्नुहोस