जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

  • ३१ जेष्ठ २०७८, सोमबार
  • 654 पटक पढिएको

म्याग्दी, ३१ जेठ  । राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो ।

सर्वोच्चको सो आदेशसँगै थापाको सांसद पद गएको हो । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको छ ।