एकमहिनादेखि बेपत्ता जामुनाखर्कका जङ्गबहादुर रामदाम

  • १० भाद्र २०७८, बिहीबार
  • 1107 पटक पढिएको

म्याग्दी, १० भदौ । विगत एक महिनादेखि बेनी नगरपालिका–६ जामुनाखर्क निवासी जङ्गबहादुर रामदाम (विक ) बेपत्ता भएका छन् । साउन ९ गतेदेखि रामदाम घरपरिवारबाट सम्पर्कविहिन भएका हुन ।

बेपत्ता भएका ८० बर्षिय रामदामलाई परिवार र आफन्तजन लगायतको क्षेत्रबाट खोजी कार्य भएपनि भेटाउन नसकिरहेको बेपत्ता भएका ब्यक्तिका आफन्त अजित रसाईलीले जानकारी दिनुभयो । म्याग्दी, बागलुङ, पर्वत लगायतको जिल्लामा रहेका आफन्तजनमा सम्पर्क गरेपनि आफन्तजनमा नपुगेका रामदामलाई कुनै ठाउँमा भेटाउनु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा आफन्तजनलाई सम्पर्क गराउनहुन परिवारले आग्रह गरेको छ।

रामदामको खोजीका जिल्ला प्रहरी कार्यालय लगायतको क्षेत्रमा जानकारी गराएपनि विगत एकमहिनादेखि भेटाउन नसकिरहेको अवस्थामा परिवार रहेका छन् । बृद्ध अवस्थाका रामदामको खोजी कार्यमा सहयोग गरिदिन बेपत्ता रामदामका नाती सुदिप बराईलीले आग्रह समेत गरको छन् ।

सम्पर्क गनुपर्ने ब्यक्ति :

अजित कुमार रसाईली – ९८४७६७०९६१
श्याम विश्वकर्मा ( गाउँले मिडिया ) – ९८६०५७७१७१
सुदिप बराईली ९८६६३४२३६०