पवित्र आमा समुहद्धारा गलेश्वरमा आएका भक्तजनलाई निशुल्क जुस !
- २८ श्रावण २०७५, सोमबार
- 2471 पटक पढिएको
म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहले बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन महिनाको अन्तिम सोमबार आएका भक्तजनहरुलाई जुस खुवाएका छन् ।
आमा समुहका सदस्यहरुबाट रु १२ हजार संकलन गरि आमा समुहका पदाधिकारी एवम सदस्यहरुको एक टोलीले सोमबार दिनभर जसो गलेश्वरधाम मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क रुपमा जुस खुवाएका थिए ।
सोमबारको दिन गलेश्वरमा महिलाहरु ब्रत बसेर पुजाअर्चनाको लागि आउने भएकाले उनीहरुलाई जुस वितरण गरिएको आमा समुहका अध्यक्ष कमला केसीले बताउनुभयो । पवित्र आमा समुहले यस अघिका बर्षहरुमा पनि गलेश्वरमा निःशुल्क जुस वितरण गर्दै आएको छ ।