सुकुम्बासी परिवारलाई सहयोग
- ३० भाद्र २०७५, शनिबार
- 1663 पटक पढिएको
अथुङ्गे ३० भदौ । बेनपा ६ भरालेका सुकुम्बासी सिता बानियाको परिवारलाई स्थानीय अर्जुन शर्माले शनिबार तिस हजार रुपैया सहयोग गर्नुभएको छ । गरिबीका कारण श्रीमान तुलबहादुरले तिन वर्षअघि आत्महत्या गरेपछि तिन छोराछोरी हुर्काउन समस्या झेलेकी सितालाई मेघावान कन्ट्रक्सनका सञ्चालक शर्माले सहयोग अभियानका अगुवा तेजेन्द्र बानिया लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
बानिया परिवारका लागि हालसम्म एक लाख ७५ हजार रुपैया जुटेको छ भने शिखर अर्गनाईजेशन प्रा.लीले सिताका तिन छोराछोरीलाई कक्षा दश सम्म निशूल्क पढाउने बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा भर्ना गरेको छ । बानिया परिवारको समस्याको विषयमा म्याग्दीका पत्रपत्रिका एवम अनलाईन सञ्चार माध्ययममा समाचार प्रकाशन भएको थियो ।