जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरीजवाफ प्रतियोगिता
- १५ जेष्ठ २०८२, बुधबार
- 93 पटक पढिएको
म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा बरबाकेली समूह प्रथम, रिखार समूह द्धितिय,मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको अध्यक्षता, पूर्व अध्यक्ष एवं नेपाल जेसीजका राष्ट्रिय अध्यक्षीय सल्लाहकार विरेन्द्र श्रेष्ठको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यकारीणी उपाध्यक्ष डेकमायाँ केसीले स्वागत गर्नुभएको कार्यक्रमको महासचिब देवेन्द्र घिमिरेले सञ्चालन गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष दिनेश बानियाँको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । जेसीज सप्ताहको अवसरमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच, बेनी नगरपालिका ४ तातोपानीमा प्रभाबकारी उद्घोषणका तालिम , अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न भएको छ । जेसीज सप्ताहको अवसरमा अन्तरमावि लोकनृत्य प्रतियोगिता समेत आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।