ताजा अपडेट

सरसफाईको सन्देश फैलाउन बेनीमा ‘फोहोर टिप्ने प्रतियोगिता’

म्याग्दी , २० बैशाख । म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो ।  दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान... पुरा पढ्नुहोस

प्रेस स्वतन्त्रता दिवसः म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा

म्याग्दी  २० बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु १० लाख बराबरको दुर्घटना बीमा गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शाखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरि बिमालेख हस्तान्तरण गरेको हो । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले... पुरा पढ्नुहोस

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत् गृह र पाइपलाइन जडान सकिएको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा

    म्याग्दी– ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मेदेखि... पुरा पढ्नुहोस

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी — म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो । कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर : राहुघाट-तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी । बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत राहुघाट-तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माण कम्पनीका अनुसार राहुपारे-बैसरी-कुनौटा-बेगखोला-कालीओडार-तिप्ल्याङ-महभिर-भिरकाटे-घार बैसरी-रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ... पुरा पढ्नुहोस

ताकम गाउँमा चलचित्र ‘माइतीघर’को छायांकन सुरु

म्याग्दी  १८ बैशाख । गुर्जा र चुरेन हिमालको लस्करलाई नजिकबाट देख्न सकिने पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरिएको छ । धौलागिरी पदमार्ग अन्तर्गत पहिलो पर्यटकीय बस्तीको रुपमा परिचित म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकम गाउँमा पहिलो पटक चलचित्रको छायांकन गर्न लागिएको हो ।  गाउँमा ठूलो पर्दाको चलचित्र छायांकन गर्न... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

वैशाख १८, म्याग्दी ।  कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो । ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको... पुरा पढ्नुहोस

म्याग्दीका सांसद गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त

  म्याग्दी १७ वैशाख। म्याग्दीबाट निर्वाचित सांसद खम बहादुर गर्बुजा ( खमवीर ) ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार गर्बुजालाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राज्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो । [caption id="attachment_81705" align="alignnone" width="627"] ????????????????????????????????????[/caption] यसअघि १० वैशाखमा... पुरा पढ्नुहोस

गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ

म्याग्दी । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्‍याउने र असोजमा बेँसी झार्ने चलन... पुरा पढ्नुहोस