रघुगंगामा तीन जना उत्कृष्ट कर्मचारी सम्मानीत
- ५ असार २०८२, बिहीबार
- 69 पटक पढिएको
म्याग्दी, ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद सहित सम्मान गरेको हो ।
गाउँपालिकाले लेखा अधिकृत अर्जुन गौतम, वडा नम्बर ७ का सचिब एवंम प्राविधिक सुमन बहादुर बुढाथोकी मगर र महेन्द्र आयुर्वेद औषधालयका कबिराज निरिक्षक लक्ष्मण शर्मा चालिसेलाई जनही नगद रु २० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले उत्कृष्ट घोषित हुनुभएका कर्मचारहिरुलाई सम्मान गर्नुभएको थियो । गाउँपालिकाले सदाचारिता, नैतिकता, मितव्ययिता, प्रभाबकारीता र कुशलता झल्कने गरी कार्य गर्ने कर्मचारीलाई ‘गाउँपालिका उत्कृष्ट कर्मचारी’ पुरस्कारबाट पुरस्कृत गर्ने गाउँपालिकाको नीति बमोजिम कार्यसम्पादको मुल्यांकन गरेर पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।