ताजा अपडेट

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

म्याग्दी , २३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण... पुरा पढ्नुहोस

म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल

[caption id="attachment_59220" align="alignnone" width="1024"] मोहरेडाँडामा पुगेका आन्तरिक पर्यटक । तस्वीर : राकेश शर्मा[/caption] म्याग्दी, २३ चैत  । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय... पुरा पढ्नुहोस

मंगला गाउँपालिका–१ कुहुँमा एमालेबाट एकजित रोका वडा अध्यक्षका उम्मेदवार

म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षको उम्मेदवारमा एकजित रोकालाई चयन गरेको छ । वडा कमिटीको बैठकले युवा नेता रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो  । बैठकले खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर... पुरा पढ्नुहोस

बेनी–मालढुङ्गा सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

पर्वत २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी – मालढुङ्गा सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा  किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस

नेपाली कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाउने

म्याग्दी २२ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ । भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका... पुरा पढ्नुहोस

रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारमा छन्त्याल दोहोरीने

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो । २०७४ को... पुरा पढ्नुहोस

रघुगंगा–१ बेगमा काँग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारकाे नाम सिफारिस गरिएको हो । २०७४ को स्थानीय... पुरा पढ्नुहोस

राजनीतिमा महिलाको सहभागिता बढ्दै

गलेश्वर, २२ चैत । राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ... पुरा पढ्नुहोस

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छ : अर्थमन्त्री

काठमाडौं, २२ चैत । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताउनुभयो । ‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख... पुरा पढ्नुहोस