बेनी नगरको मेयर र उपमेयरमा मनोनयन दर्ता
- १२ बैशाख २०७९, सोमबार
- 1029 पटक पढिएको
म्याग्दी, १२ बैशाख । बेनी नगरपालिकाको मेयर, उपमयेर र वडाअध्यक्ष लगायत सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चा पाटी लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा पाटी पुर्व सचिव चिरञ्जीवी शर्माले र उपमयेरमा कांग्रेसको प्रदेश समिति सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेकपा एमालेबाट बेनी नगरपालिकाको मेयरमा पाटीका जिल्ला सचिव सुरज केसीले र उपमेयरमा पशुपती शाहीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा माओवादी केन्द्रबाट युवा नेतृ ज्योती लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजबादी) बाट बेनी नगरपालिकाको मेयरमा जिल्ला अध्यक्ष कृष्णबहादुर विश्वकर्मा र उपमेयरमा केन्द्रिय सदस्य मुना बानियाँले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पाटीले बेनी नगरपालिकाको मेयर मिनाकुमारी शर्मा सापकोटा र उपमेयरमा पाटी पुर्व अध्यक्ष एकेन्द्रबहादुर रावलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चा पाटीबाट बेनी नगरपालिकाको उपमेयरमा भोमकुमारी कार्की ( विष्णु)ले उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगोल नेशनल अर्गनाइजेशनबाट मेयरमा नरबहादुर थापा र उपमेयरमा दिवा आलेले उम्मेद्वारी दतां गर्नुभएको छ । भने, स्वतन्त्रबाट मेयरमा धनबहादुर श्रीषले उम्मेद्वारी दर्ता गर्नुभएको मुख्य निर्वाचन कार्यालय म्याग्दीले जानकारी दिएको छ । मुख्य राजनीतिक दलसंगै स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।