एमालेद्धारा रघुगंगामा मनोनयन दर्ता, अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्वुजा उम्मेदवार

  • १२ बैशाख २०७९, सोमबार
  • 839 पटक पढिएको

म्याग्दी १२ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष पदको उम्मेदवारमा प्रेमबहादुर कार्की (दीपक) र उपाध्यक्षमा यामकुमारी गर्वुजाले मनोनयन दर्ता गर्नुभएको हो ।
एमालेले रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।


एमालेबाट रघुगंगा १ बेगखोलाको वडा अध्यक्ष धनबहादुर गर्वुजा, २ भगवतीको अध्यक्षा अमृत भण्डारी, ३ पिप्लेको अध्यक्षमा खिमबहादुर शाही, ४ दग्नामको अध्यक्षमा इन्द्रमान थजाली, ५ झिँको अध्यक्षमा तेजु शेर्पुञ्जा, ६ पाखापानीको अध्यक्षमा शम्सेर पाईजा, ७ चिमखोलाको अध्यक्षमा रिम पाईजा र ८ कुइनेमंगलेको अध्यक्षमा तेजिन फगामीले आफ्ना सदस्यहरु सहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।


मनोनयन दर्ता पछि आयोजित सभालाई नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले रघुगंगाको विकासका निमित्त एमालेले शसक्त उम्मेदवारहरु मैदानमा उतारेको बताउनुभयो । सभामा अध्यक्ष पदका उम्मेवार कार्की र उपाध्यक्षका उम्मेदवार गर्वुजाले समृद्ध गाउँपालिकाको लागि आफुहरु योजना सहित प्रतिस्पर्धामा उत्रिएकोमा जोड दिनुभयो । 

रघुगंगामा एमालेका उम्मेदवारहरुको विवरण
गाउँपालिका अध्यक्षः प्रेमबहादुर कार्की, उपाध्यक्ष उम्मेदवारमा यामकुमारी गर्वुजा
वडा नम्बर १ बेगमा अध्यक्षमा धनबहादुर गर्वुजा, सदस्यमा नरसीं बहादुर पुन, बलबहादुर पुर्जा, प्रेममायाँ पाईजा, रुपा नेपाली परियार
वडा नम्बर २ भगवतीमा अध्यक्षमा अमृत भण्डारी, सदस्यहरमा नरबहादुर भण्डारी, कृष्णबहादुर कटुवाल क्षेत्री, उमादेवी केसी खत्री, रसिला परियार
वडा नम्बर ३ पिप्लेमा अध्यक्षमा खिमबहादुर शाही, सदस्यहरमा रामजी सुेवदी, जीतबहादुर खत्री, जयन्ती मल्ल र आइतीमा दमाई
वडा नम्ब्र ४ दग्नाममा अध्यषमा इन्द्रमान थजाली, सदस्यमा धनबहादुर सुनार, भरतकुमार पुन, मनदेवी दमाई, जितमायाँ बुद्धुजा,
वडा नम्बर ५ झिँमा अध्यक्षमा तेजु शेरपुञ्जा, सदस्यहरुमा पूर्णबहादुर पुन, टेक बहादुर पुर्जा, रामकुमारी थजाली, सिर्जना गोतामे,
वडा नम्बर ६ पाखापानीमा अध्यक्षमा शम्सेर पाईजा, सदस्यहरुमा टप्रसाद शेरपुञ्जा, होमबहादुर मगर, सुस्मीता छन्त्याल, सर्मिला नेपाली
वडा नम्बर ७ चिमखोलामा वडा अध्यक्षमा थकबहादुर पाईजा, सदस्यहरुमा प्रेमबहादुर पुन, चेटना थापा, सतदेवी पुन, धनकुमारी सुनार खाती,
वडा नम्बर ८ कुइनेमंगलेमा अध्यक्षमा तेजिन्द्र फगामी, सदस्यहरुमा प्रकाश छन्त्याल, भिम छन्त्याल, रसिला विक,निमायाँ विक