पालिका अध्यक्षसंग गरिएको कुराकानी….

  • २४ जेष्ठ २०७९, मंगलवार
  • 907 पटक पढिएको

रघुगङ्गा गाउँपालिकामा निर्वाचित भए पश्चात् कमरेड छन्त्याल सङ्ग बल्ल तल्ल पहिलो भेट भयो आज । सर्व प्रथम तः पालिका प्रमुखमा निर्वाचित हुनु भयको मा बधाइ तथा शुभकामना कमरेड। कस्तो अनुभूति भैराछ जनताको बिस्वास देखेर? भन्ने मेरो प्रश्नमा उनले सबै ठिक भयको तर गह्रौ जिम्मेवारी आफुले पायको र यस्लाइ पूरा गर्न आफ्नो सम्पुर्ण क्षमता प्रयोग गर्ने उनले बताए।

सर्वप्रथम त अध्यक्ष्य ज्यु गाउँको यो बेरोजगारिको अबस्था छ यस्लाइ कसरी निराकरण गर्नु हुदैछ? उसो त समृद्ध रघुगङ्गा बनाउने सपना बाडेर मत पाउनु भयको छ हजुर यो समृद्धि पहिला आउँछ या बेरोजगारिको अन्त्य पहिल्य हुन्छ?

यसो हो मित्र,जनशक्ति बिना कुनै निर्माण तथा उत्पादन मुलक कार्य सम्भब छैन हामी समृद्धिको यात्रामा हिडेका मान्छे हौ त्यो यात्रा मा रोजगार यसै सिर्जना हुन्छ र रोजगार सिर्जना हुँदै जादा बेरोजगारको अनत्य भैहाल्छ अनि उच्च बिन्दु भनेको समृद्धि हो। सोझो भासामा भन्दा अहिले तत्कालको लागि पालिकामा निर्माणाधिन जलबिधुत आयोजनामा बाहिरी कामदारको बदलामा स्थानिय जनशक्ती परिचालन गर्ने योजना अनुरुप काम गर्न सक्ने र चाहना भयका ब्यक्ति तथा घर पहिचान गरि निर्माण कार्य सम्बन्धी तालिम को ब्यबस्था गरि छिटै हाम्रा जनशक्ती काज मा खटाउने तयारी भैरहेको छ। जस अन्तर्गत सायद महिला जनशक्ती को सहभागिता बढी हुन्छ होला किन भने पुरुष हरु बिदेशियका छन गाउमा उर्जावान जनशक्ती प्राय महिला नै छन। यसो गर्दा उक्त आयोजनाले समाज र वातावरणमा पार्ने असर हामी स्थानिय लाई थाहा हुने र न्युनिकरण गर्न सकने सम्भावना पनि छ साथै कामको गुण्स्तर अनि तिब्रता सङ्गै हाम्रा जनशक्तिले रोजगार पाउने छन धेरै बेरोजगारको समस्या यसै बाट पनि हल हुनेछ। साथै हाम्रो पालिकाको राखु क्षत्र बर्शौ देखि तिर्खायको छ यहि समस्या हल गर्नको लागि उत्क कार्यको लागि आवस्यक र सम्भावित जनशक्ति तयार गरि छिटै वडा नम्बर एक को सिम फाट बाट पानी ल्याउने तयारी छ हाम्रो जस्को लागि उपयुक्त बजेट बिनियोजन पनि गर्ने छौ।

साथै पालिका भरिका खेतियोग्य जमिन मा सिंचाई लगायत का आवस्यक पुर्बाधार तयार गरि आगामी बर्स हरुमा कृषि तथा जडिबुटी उत्पादन र प्रशोधनको तालीम प्रदान गरि उध्यमशिल समाज को जग बसाल्ने कुरा यहालाइ जानकारी गराउन चाहन्छु।
यहाको प्रथमिकतामा शिक्षा स्वास्थ्य परेनछ नि ?

भावनामा बहकियर मात्र हुदैन भोको पेटले लेखपढ गर्न सक्दैन मित्र त्यसैले पहिलो प्रथमिकता रोजगार सिर्जना को लागि पर्यत्न गरेकाहौ हामिले। उसोत सबै समस्याको दिर्घकालिन समाधान शिक्षा नै हो यस्को लागि हामिले गृहकार्य गरिरहेका छौँ। यतिकै आकास खसाल्छु भनेर भयन काम गर्न आयका हामी गणितिय रुपमा कति सम्भब छ भनेर हेक्का राखेर नै योजना बनायर मात्र बोल्दा राम्रो होला। अहिले यति भनौँ शिक्षालाइ उत्पादन सङ्ग जोड्ने पर्यत्न गरि रहेका छौँ। भु परिबेस्ठित रास्ट्रको दुस्मन भनेको तौल र दुरि हो। कुनै पनि उत्पादन बजारमा पु¥याउदा ढुवानी ले गर्दा अन्तरास्टिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन उसोत अहिले आयात मात्र कम गर्नु नेपालको आवस्यकता हो निर्यात को बारे भने केही नया सोच्नै पर्छ। जस्को लागि यो डिजिटल जमानामा आइटी उद्योग नै उपयुक्त हो नेपालको लागि जस्लाइ तौल र दुरिले असर गर्दैन। हो त्यसैले हामी सुचना प्रबिधिको क्षत्रमा अध्यापन गराउने जमर्को गरिरहेका छौँ। यस्पाली अधिकङ्स बजेट कृषि पुर्वाधारमा सकिने भयकोले उत्कृस्ट काम शिक्षामा गर्न सकिदैन यस्को लागि माफि चाहन्छु। र बाचा गर्दछु आगामी बर्शहरुमा शिक्षाको क्षत्रमा उपयुक्त लगानी गर्ने छौँ।

जहा सम्म स्वास्थ्यको कुरा छ हाम्रो पहिलो प्रथमिकता त स्वस्थ खाने पानी, धुवाँ धुलो रहित वातावरण, स्वस्थ करेशा वारि,स्वस्च्छ भान्सा अनि स्वस्थ जीवन बनाउने तर्फ नै रहन्छ र बिरामी भैपरी आयमा स्वास्थ बिमाको ब्यबस्था त छदैछ। पालिका भरी उपलब्ध स्वास्थ्य चौकीहरुमा आवस्यक उपकरण औषधि मुलो र जनशक्तीको ब्यबस्था गरेका छौँ।
पालिकामा आयको आधारभुत अस्पताल लाई उपयुक्त स्थानमा (सबैलाइ पायक पर्ने ठाउमा) निर्माण गरिने छ।

यातायात को समस्या कसरि समाधान गर्नु हुन्छ?

सर्व प्रथम त यातायात ब्यबसायी सङ्ग समन्वय गरि उपलब्ध सुबिधा हरुमा सस्तो र बिस्वासिलो यात्राको अनुभूति गराउले छौँ। अभ डोजर मात्र घुम्ने छैन डाडाकाडा मा। बाह्रै महिना यात्रा गर्न मिल्ने सडक को ब्यबस्था गर्ने तयारी छ। केन्द्र प्रदेश बाट परेका योजना हरुमा ठेकेदार हरुलाइ काम गर्न सक्ने वातावरण बनाउने छौँ अझै नगरेमा आवस्यक दबाब सिर्जना पक्कै गर्ने छौँ।

अध्यक्ष्य ज्यु अन्त्यमा केही भन्न चाहनु हुन्छ?

हामी समृद्धिको यात्रामा छौँ साधन स्रोत सिमित छ आवस्यकता असिमित त्यसैले सबै आवस्यकता हरु एकै पटक पूरा गर्न नसकियला केही मुख्य योजना जसरी पनि पूरा गर्नु पर्ने छ त्यसैले देश बिदेशमा रहनु हुने सम्पुर्ण रघुगङ्गा बासीहरुले सिर्जनात्मक आलोचना अनि सुझाब दिएर सहयोग गर्नु हुन अनुरोध गर्दछु। फोन, इमेल, तथा भेटघाट गरेरै सुझाब सल्लाह दिन सक्नु हुनेछ, धन्यवाद।

अहो गजवको सपना देखेको बेला ब्युझिनु पर्यो। ब्युझिदा त पालिका अध्यक्ष अरुनै पो छन। आसा छ यस्लाइ सुझाबको रुपमा लिनु हुनेछ बर्तमान अध्यक्ष्य ज्यु ले। लेखक : रमेश गुरुङ (विप्लप)