ताजा अपडेट

असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

काठमाण्डौ, २३ जेठ । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो । नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू... पुरा पढ्नुहोस

धार्मिक वन हस्तान्तरण

म्याग्दी २३ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर घटे, झारल बढे

बागलुङ, २३ जेठ  : पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई... पुरा पढ्नुहोस

‘कालीगण्डकी’माथि सय कविता

जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस

जिसस मुस्ताङमा प्रमुख र उपप्रमुखसहित एमालेका ६ सदस्य निर्विरोध

मुस्ताङ, २३ जेठ । जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्। जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको २... पुरा पढ्नुहोस

गण्डकी प्रदेश अन्तरगत ७ जिल्लाको जिसस गठनमा पार्टीको एकल बहुमत

  म्याग्दी, २३ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । ११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

म्याग्दी, २२ जेठ । म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ। जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि जिल्लाका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको... पुरा पढ्नुहोस

बालुवाटार पुग्यो समाजवादीका नयाँ मन्त्रीहरुको नामावली

  म्याग्दी, २२ जेठ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय... पुरा पढ्नुहोस

दानास्थित मोति बराहमा १०८ धारा निर्माण

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् । आर्थिक... पुरा पढ्नुहोस