एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन

  • ७ आश्विन २०७९, शुक्रबार
  • 791 पटक पढिएको

म्याग्दी ७ असोज । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगिता अन्तरगत शनिवार विहानदेखि खेल प्रतियोगिता सञ्चालन हुनेछ । विद्यालयमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले विद्यालय तहमा आयोजना हुने प्रतियोगिताले विद्यार्थीहरुको खेल प्रतिभाको प्रहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।

बेनीको खुलामञ्चमा असोज १० गतेसम्मसंचालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका छन । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत प्रतियोगिताका कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँले विद्यालयले आधारभुत तहका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालन गर्दै आएको यस प्रतियोगिताले फुटवल खेलाडी उत्पादन र फुटवलतर्फ विद्यार्थीहरुको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा व्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका शिक्षक विसाल खत्रीले संचालन गर्नुभएको कार्यक्रममा प्रीन्सिपल मोहन अधिकारीले स्वागत गर्नुभएको थियो भने विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।