ताजा अपडेट

नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस

निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमीका शर्मा प्रथम

म्याग्दी ५ असोज । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव... पुरा पढ्नुहोस

युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै

म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस

बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला

कुश्मा, ५ असोज । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै हुनुहुन्थ्यो, “प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा... पुरा पढ्नुहोस

‘निःशुल्क शिक्षा भ्रम मात्र’

काठमाडौं ५ असोज । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र... पुरा पढ्नुहोस

‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)

बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस

राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण भएन, विद्येयक निष्कृय

काठमाण्डौ ५ असोज । संघीय संसद र राष्ट्रिय सभा मार्फत पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गर्नुभएको छ । संघीय संसदबाट पारित भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मिचेरै राष्ट्रपतिले विद्येयक अस्विकार गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई संवैधानिक व्यवस्थाको उल्लंघन भएको संविधाविद्हरुले बताएका छन्... पुरा पढ्नुहोस

मुस्ताङमा स्याउको उत्पादन बढ्यो, स्याउ टिप्न बगैँचामा व्यापारीको चहलपहल

म्याग्दी ४ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । बगैंचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरुले स्याउ टिप्न थालेका हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैंचामा यतिबेला स्याउ व्यापारीहरुको चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस बर्ष स्याउ टिप्ने... पुरा पढ्नुहोस

तेह्र जिल्लामा शून्य सङ्क्रमण

काठमाडौँ, ४ असोज । देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ ।... पुरा पढ्नुहोस

मुस्ताङ पर्वतीय शिखर सम्मेलन सुरु

मुस्ताङ ४ असोज । विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलनसम्बन्धी निकासको मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी छ। दुई दिने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरे। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको... पुरा पढ्नुहोस