ताजा अपडेट
रघुगंगा नदीको मुहान (तस्विर)
- 2 बर्ष, 9 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान । धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु... पुरा पढ्नुहोस
म्याग्दीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
बेनी, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन आबश्यक तयारी सुरु गरिएको छ । असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म बेनीमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुले आबश्यक तयारी सुरु गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस
आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने
- 2 बर्ष, 9 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
काठमाण्डाै ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी... पुरा पढ्नुहोस
नेपाली युवालाई यूएईमा पर्यो ३५ करोडको चिठ्ठा
- 2 बर्ष, 9 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस
निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमीका शर्मा प्रथम
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
म्याग्दी ५ असोज । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव... पुरा पढ्नुहोस
युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस
बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
कुश्मा, ५ असोज । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै हुनुहुन्थ्यो, “प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा... पुरा पढ्नुहोस
‘निःशुल्क शिक्षा भ्रम मात्र’
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
काठमाडौं ५ असोज । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र... पुरा पढ्नुहोस
‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस
राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण भएन, विद्येयक निष्कृय
- 2 बर्ष, 9 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
काठमाण्डौ ५ असोज । संघीय संसद र राष्ट्रिय सभा मार्फत पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गर्नुभएको छ । संघीय संसदबाट पारित भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मिचेरै राष्ट्रपतिले विद्येयक अस्विकार गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई संवैधानिक व्यवस्थाको उल्लंघन भएको संविधाविद्हरुले बताएका छन्... पुरा पढ्नुहोस