म्याग्दी मिडिया सोसाईटीको छैठौँ साधारणसभा नारच्याङमाः ७ बुँदे घोषणपत्र जारी

  • १३ पुष २०७९, बुधबार
  • 457 पटक पढिएको

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीको छैठौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जिल्लाको समग्र विकास र सधारमा सञ्चार क्षेत्र मार्फत रचनात्मक कार्यहर भएको बताउँदै पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा टेवा पुग्ने गरि साधारणसभा गरेकोमा सोसाईटीलाई धन्यबाद ज्ञापन गर्नुभयो । अध्यक्ष पुनले जिल्लाको विकास निर्माण, पर्यटन प्रवद्र्धन, सुशासन लगायतका क्षेत्रमा सञ्चार क्षेत्रको भूमिका प्रभाबकारी बनाउनुपर्ने बताउँदै सञ्चार माध्ययमको दिगोपना र सञ्चारकर्मीको क्षमता विकासमा गाउँपालिकाले समेत सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यष प्रकाश पौडेलले स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयहरुले प्रकाशन तथा प्रशारण गर्ने सूचना तथा विज्ञापनहरु घुमाउरो बाटोबाट अन्यत्र पठाउने र जिल्लामा रहेका सञ्चार माध्ययमहरुलाई वेवास्था गर्ने प्रवृत्तिमा सुधार ल्याउन आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले स्थानीय तहहरुले आफ्ना नागरिकहरुलाई प्रवाह गर्ने सन्देश तथा जानकारीहरुलाई लोक कल्याकारी विज्ञापनको अवधारणमा प्रकाशन तथा प्रशारणको बन्दोबस्त मिलाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेलले सत्य र तथ्यमा आधारित पत्रकारीताले जिल्लाको विकास तथा पत्रकारहरुको विश्वनीयता समेत वृद्धि हुने बताउनुभयो । उहाँले गाउँपालिकाले कृषि, पर्यटन, सडक, जलविद्युत, शिक्षा लगायतको विकासलाई पहिलो प्राथमिकता राखेको बताउँदै पालिकाको हरेक गतिविधिहरुलाई आम जनसमुदायमा पु¥यानका लागि संचारकर्मीहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

मिडिया सोसाईटीका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले म्याग्दीमा लगानीकर्ताद्धारा सञ्चालित मिडियाहरु धरासायी बनेको अवस्थामा श्रमजिवि पत्रकारहरुद्धारा सञ्चालित स्वरोजगारमुलक सञ्चार माध्ययमहरुले आम नागरिकमा सूचनाको प्रत्याभुति दिलाएको बताउँदै स्वरोजगार मुलक सञ्चार माध्ययमको दिगोपना र त्यहाँ कार्यरत पत्रकारहरुको क्षमता विकासमा मिडिया सोसाईटीले समन्वयकारी भूमिका खेलेकोमा जोड दिनुभयो । म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिब अमित विश्वकर्माको सञ्चानमा सम्पन्न उक्त साधारणसभाले आर्थिक र प्रगति प्रतिवेदन पास गर्दै समसामयिक बिषयमा ७ बुँदे नारच्याङ्ग घोषणापत्र समेत जारी गरेको छ ।
उक्त घोषणपत्रमा म्याग्दी जिल्लामा नीजि क्षेत्रका लगानीकर्ताद्धारा सञ्चालित मिडिया न्यून रहेको र श्रमजिवि पत्रकारहरुद्धारा नै सञ्चालित मिडियाहरुले नै जिल्लामा आम नागरिकमा सूचना संप्रेषणको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सन्दर्भमा जिल्लामा रहेका स्थानीय सञ्चारमाध्ययमहरुको प्रवर्दन, संरक्षण र त्यहाँ कार्यरत पत्रकारहरुको क्षमता विकासको क्षेत्रमा म्याग्दी मिडिया सोसाईटीले निरन्तर पहल र पैरवी गर्दै आएको जनाउँदै जिल्लामा रहेका स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टेवा पुग्ने नीति तथा कानुन निर्माण गर्न आग्रह गरिएको छ ।
त्यसैगरि जिल्लामा पछिल्लो समय श्रमजिवि पत्रकारहरुकै अगुवाई र नेतृत्वमा अनलाईन, पत्रपत्रिका लगायतका सञ्चार माध्ययम सञ्चालनमा आउने क्रम बढेसंगै नागरिकमा सूचनाको पहुँच बढेको जनाउँदै जिल्लामा विकास निर्माण, शुसासन कायम र सरोकारवालाहरुलाई आम नागरिकप्रति जवाफदेहिता बढाउन जिल्लामा सञ्चालित सञ्चार माध्ययमहरुले रचनात्मक भूमिका निर्वाह गरीरहेको सन्दर्भमा जिल्लामा रहेका स्थानीय तह, सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्थाहरुबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापन, सूचनाहरु जिल्ला बाहिरका मिडियाहरुमा पठाउने प्रवृत्ति नरोकिएकोप्रति ध्यानकर्षण गराउँदै जिल्लाबासी र आम सरोकारवालाहरुको लागि प्रकाशन तथा प्रशारण हुने विज्ञापन, सूचनाहरु जिल्लामै सञ्चालनमा रहेका मिडियाहरुमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन सम्बन्धित सबैमा माग गरिएको छ ।
घोषणा पत्रमा जिल्लामा सञ्चालित सञ्चार माध्ययमहरुमा आबद्ध पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू उपलब्ध गराउन सम्पूर्ण सञ्चारमाध्ययमहरुलाई आग्रह गर्दैै सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई समेत पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गर्न आह्वान गरिएको छ ।

त्यसैगरि स्वरोजगारमूलक तथा अन्य सञ्चार माध्यमको दीगोपनका लागि संघीय सरकारले पत्रपत्रिकाहरुलाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापन अन्य विधाका सञ्चार माध्ययमहरुलाई समेत प्रदान गर्ने वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासंघ लगायतका निकायहरुमार्फत ध्यानकर्षण गराउने र जिल्लामा रहेका स्थानीय तहहरुलाई समेत आफ्ना नागरिकहरुका लागि प्रवाह गर्ने सूचना तथा सन्देशहरु स्थानीय सञ्चार माध्ययम मार्फत व्यवस्थित र प्रभाबकारी ढंगले प्रकाशन तथा प्रशारणका लागि लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि निर्माण गर्न घोषण पत्रमा माग गरिएको छ । त्यस्तै पर्यटन, कला, संस्कृति र जलविद्युतमा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना (छहराखोला झरना) लगायत अन्नपूर्ण प्रथम आधार शिविर, अन्नपूर्ण पदमार्ग संगै गाउँपालिकाभित्र र म्याग्दी जिल्लाभर रहेका पर्यटकीय, धार्मिक स्थल र मौलिक कला र संस्कृतिहरुको प्रचार प्रसार र प्रवद्र्धनमा म्याग्दीका सम्पूर्ण मिडिया र मिडियाकर्मीहरुको प्रतिबद्धता जनाउँदै सम्वद्ध सबैलाई यस अभियानमा लाग्न आह्वान गरिएको छ भने अन्नपूर्ण गाउँपालिकाका साथै म्याग्दी जिल्लामाभित्र निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना, कालीगण्डकी कोरीडोर लगायतका विकास निर्माण योजनाहरुको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत निकायको ध्यानकर्षण गराईएको छ । उक्त अवसरमा मिडिया सोसाईटी अवार्डद्धारा पत्रकार सन्तोष गौतमलाई नगद सहित सम्मान समेत गरिएको थियो ।