ताजा अपडेट

म्याग्दीमा संघीय र प्रदेश सभाको उम्मेदवार हुन आकांक्षीको लर्को

म्याग्दी, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षी नेताहरुको नाम धमाधम सिफारिस गरेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) र राप्रपा लगायतले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्। प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी... पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक संशोधनका लागि आचार्यले दिए १२ सुझाव

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभामा पेस भएको मिडिया काउन्सिल विधेयक थप संशोधनका लागि सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष आचार्यले सो विधेयकमा थप संशोधन आवश्यक रहेको भन्दै १२ बुँदे सुझाव दिएका हुन्  उक्त विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।  शुक्रबार प्रतिनिधिसभामा पेस भएको उक्त... पुरा पढ्नुहोस

नेकपा एकिकृत समाजवादी म्याग्दीले ग¥यो संघ र प्रदेशका उम्मेदवारको नाम सिफारिस

म्याग्दी १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस... पुरा पढ्नुहोस

पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण

बेनी १८ भदौ : म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबापार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो । पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा तीन जना सहित ३२ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस

बेनी, १७ भदौ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले ३२ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा... पुरा पढ्नुहोस

गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण

म्याग्दी १७ भदौ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ दुइ स्वर्ण पदक हात पार्दै  म्याग्दीका ६ जना खेलाडी आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन... पुरा पढ्नुहोस

सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो... पुरा पढ्नुहोस

सिंगा तातोपानी कुण्ड परिसरमा आफन्तको स्मृतिमा ‘बुद्धको प्रतिमा’

बेनी, १७ भदौ । प्राकृतिक उपचारस्थलको रुपमा चिनिएको बेनी नगरपालिका – ४ सिंगास्थित रहेको तातोपानी कुण्ड परिसरमा ‘बुद्धको प्रतिमा’ स्थापना गरिएको छ । मंगला गाउँपालिका–५ अर्मन किमचौरका हाल काठमाण्डौ बस्ने टंक बुढाथोकी मगरले स्वर्गिय बुवा ओमबहादुर बुढाथोकी र स्वर्गीय दाजु रत्नबहादुर बुढाथोकीको स्मृतिमा कुण्ड परिसरमा दुईवटा बुद्धको प्रतिमा स्थापना गर्नुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस

बेनी, १७ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्ष तर्फ चार र समानुपातिक तर्फ १० जना आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ... पुरा पढ्नुहोस

चिमखोलाको चिनारी ‘चिमखोले डोको’ (तस्वीर)

म्याग्दी १७ भदौ म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बनाइएको चोयाँको ‘ चिमखोले डोको’ । जंगलमा पाईने निगालोको चोयाँबाट बुनीने डोको घरमा सजाउन र घरायसी सामान बोक्न संगै उपहार दिनका लागि देश विदेशमा समेत लैजाने चलन रहेको छ । तस्वीर सामाजिक सञ्जालबाट पुरा पढ्नुहोस