म्याग्दी जेसिजको २४ औं वार्षिक पदस्थापना तथा पुरस्कार वितरण

  • १५ माघ २०७९, आईतवार
  • 513 पटक पढिएको

बेनी, १५ माघ । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् । म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४ औं बार्र्षिक पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले युवाहरुको क्षमता विकासका लागि जेसीजले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । जेसीजले सञ्चालन गरेका गतिविधिहरुबाट समाजमा प्रत्यक्ष प्रभाव परेकाले राम्रा कामहरुमा हातेमालो गर्न समेत तयार रहेको बताउनु भयो ।


कार्यक्रममा विशिष्ट अतिथी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, नेपाल जेसीज २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठ, कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

म्याग्दी जेसीज वर्ष २०२२ का महासचिव विष्मा श्रेष्ठ, निर्वाचन समिति सदस्य सचिव खम थापा मगर, २०२३ का महासचिव कुमार बानियाँले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने २०२१ का शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।

२०२२ का शाखा अध्यक्ष सन्दिप खत्रीले उत्कृष्ट शाखा पदाधिकारी, सदस्यहरुलाई पुरस्कृत सहित सञ्चालक समिति, पूर्व अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो वितरण गर्नु भएको थियो । म्याग्दी जेसीजले स्थापनाको २५औं वर्षको अवसरमा क्षेत्र ख सम्मेलन समेत आयोजना गरेको छ ।म्याग्दी जेसिजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।