रिजाल बन्धु सेवा समाज म्याग्दीको अध्यक्षमा भिमबहादुर रिजाल चयन

  • १५ जेष्ठ २०८१, मंगलवार
  • 257 पटक पढिएको

म्याग्दी १५ जेठ । रिजाल बन्धु सेवा समाज म्याग्दीको अध्यक्षमा भिमबहादुर रिजाल चयन हुनुभएको छ । मंगलवार बेनीमा सम्पन्न समाजको प्रथम जिल्ला सम्मेलनबाट रिजालको अध्यक्षतामा समाजको नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खड्क बहादुर रिजाल, सचिब लालबहादुर रिजाल, कोषाध्यक्ष जानुका अधिकारी रिजाल, सहसचिब हिमाल रिजाल चयन हुनुभएको छ । समाजको सदस्यहरुमा विष्णु रिजाल, भिमबहादुर रिजाल, शिबराम रिजाल, रुद्रप्रसाद रिजाल, भोजबहादुर रिजाल, धनबहादुर रिजाल, रिता खत्री रिजाल, कमल खत्री रिजाल, अमृता रिजाल, सरिता रेग्मी रिजाल रहनुभएको छ ।
सम्मेलनको अवसरमा ९८ बर्षिय भैरबहादुर हुमेन लगायत ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मेलनको उद्घाटन गर्दै रिजाल वंशावली अनुसंधान केन्द्रका अध्यक्ष शम्भुप्रसाद रिजालले कुल देवताको सेवा र रिजालबन्धुहरुको आपसी सदभाव र सहकार्यका लागि रिजाल बन्धु सेवा समाजलाई विस्तार र व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले देशभरका रिजालहरुको वंशावली तयार गर्ने काम भैरहेको बताउँदै छरिएर रहेका रिजालहरुको आपसी सदभावका लागि समाजले रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रिजाल वंशावली अनुसंधान केन्द्रका महासचिब राजाराम रिजालले रिजाल वंशावली तयार गर्ने काम अन्तिम चरणमा पुगेको र निकट भविश्यमा नै ३० हजारको वंशावली सहितको पुस्तक प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कार्की, ज्येष्ठ नागरिक भैरबहादुर हुमेन, ब्राहमण समाजका अध्यक्ष लिलाराम गौतम, पौडेल वंश समाजका रामचन्द्र पौडेल, मानव अधिकार समाज जलजलाका अध्यक्ष डण्डपाणी रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष भिमबहादुर रिजालको अध्यक्ष, खड्कबहादुर रिजालको स्वागत तथा लालबहादुर रिजाल र गोविन्द रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।