रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 879 पटक पढिएको

म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम) गुरुङको उपचारको लागि रु १० हजार सहयोग गरिएको हो ।


अनलाईनले आपतकालिन रुपमा पिडित गुरुङ परिवारको राहतका लागि पठाएको उक्त दश हजार राहत रकम बुधवार बेनीमा हस्तान्तरण गरिएको छ । म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले उपचाररत गुरुङकी आमा देवीकला गुरुङ, ठुलोबुबा लालविर गुरुङ र आर्थिक संकलन अभियान सञ्चालन गरिरहेको पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनलाई हस्तान्तरण गर्नुभएको थियो ।
आर्थिक अबस्था कमजोर रहेको र काजक्रिया तथा उपचार खर्च समेत अभाब रहेकाले तत्कालको लागि उक्त राहत सहयोग पठाईएको धवलागिरी अनलाईन रोधीघरका व्यवस्थापक हिरा बुढाथोकिले जानकारी दिनुभयो ।
अनलाईनले थप सहयोग समेत संकलन गरिरहेको जनाएको छ ।

आफुहरुलाई आईपरेको आपतको समयमा सहयोग गर्ने सबैलाई देवीकलाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । गत शुक्रवार मँगला –५ छिस्वाङमा ससुराली आएका गुरुङ परिवारले ढिडोसँगै आलु र भेन्टा खाए लगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याईएको थियो । चिनाको बेनी अस्पताल र उनको १४ महिने छोराको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।