म्याग्दी सहकारीद्धारा बाढी पहिरो पीडितलाई ८० हजार रुपैया आर्थिक सहयोग

  • २९ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1460 पटक पढिएको

 

म्याग्दी, २९ असार । काठमाण्डौस्थित गोगंवुमा संचालित म्याग्दी बचत तथा ऋण सहकारीद्धारा म्याग्दीस्थित मराङ र विमका बाढी पहिरो पीडितहरुलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । असार २५ गते विहिबार राती भएको अविरल बर्षासंगै आएको बाढी पहिरोले धौवलागिरी गाउँपालिका –६ स्थित मराङमा र मालिका गाउँपालिका–७ स्थित विममा भएको पहिरोबाट पीडित तथा विस्थापित परिवारका लागि सहकारी आर्थिक सहयोग गरेको हो ।


विभिन्न ब्यवसाय र रोजगार गर्दै काठमाडौंमा रहेका म्याग्देलीहरुबाट संचालित म्याग्दी सहकारीले पहिरो पीडितको लागि ८० हजार आर्थिक सहयोग गरेको सहकारी संचालक सचिव दिप छन्त्यालले जानकारी दिएका छन् । सहकारीका संचालक समितिका उपाध्यक्ष सुशिला शेरचन र कोषाध्यक्ष इन्द्रजीत छन्त्यालले सचिव दिपबहादुर छन्त्याल र प्रबन्धक विष्णुप्रसाद पौडेलको उपस्थितिमा मराङका बाढी पीडितलाई ५० हजार र मालिका गाउँपालिका विमका बाढी पहिरो पीडितलाई३० हजार आर्थिक सहयोग गरेका हुन् ।

धवलागिरी गाउँपालिकाको मराङबाट सहकारीमा प्रतिनिधित्व गर्नुहुने शेयर सदस्य खिमबहादुर गुरुङ र मालिका गाउँपालिका बीमबाट सहकारीमा प्रतिनिधीत्व गर्ने शेयर सदस्य गंगाप्रसाद पुर्जालाई सहयोग हस्तान्तरण गरेको सचिव छन्त्यालले जानकारी दिए ।

स्थापनाकाल देखि म्याग्दीको लागि विभिन्न क्षेत्रहरुमा योगदान गर्दै आएको म्याग्दी सहकारीले बाढी तथा पहिरोले जनधनको ठूलो क्षति पु¥याएको क्षेत्रलाई आर्थिक सहयोग गर्दैै आएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l