चिठ्ठी/पत्र लेखन प्रतियोगितामामा बिजेतालाई पुरस्कार वितरण

  • २ आश्विन २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी , २ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ । विद्यार्थीहरुमा चिठ्ठी/पत्र को महत्व बुझाउन र आबश्यकताको सन्देश दिनका लागि आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।


प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत सिमा बुढामगर प्रथम, प्रकाश माविमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्धितीय र न्यु वेष्ट पोइन्ट आवासीय माविको कक्षा १२ मा अध्ययनरत रियासा जिसी तृतीय हुनुभएको छ । विहिवार हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई क्रमश ः नगद रु ७ हजार पाँच सय, ४ हजार र २ हजार पाँच सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा १७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला हुलाक अधिकृत रमेश थापाले विद्यार्थीहरुमा चिठ्ठी, पत्रको महत्व बुझाउन र हुलाक कार्यालयसंग सम्बन्धि कार्यहरुको सन्देश फैलाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले सञ्चारको परम्परागत र पुरानो माध्ययम चिठ्ठीपत्र आदान प्रदानमा सूचना संगै भावना समेत जोडिने भएकाले आधुनिक युगमा समेत हुलाकको महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा हुलाक अधिकृत थापाले कार्यालयले सञ्चालन गरेका नमुना अभ्यासहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो । उहाँले हुलाक सेवालाई प्रभाबकारी बनाउन चिठ्ठीपत्र आदान प्रदानसंगै कुरियरको सेवा प्रवाह गर्नुका साथै छिटो छरितो सेवाका लागि सवारी साधनबाट चिठ्ठीपत्र पु¥याउन थालिएको जानकारी दिनुभयो । कार्यालयले जिल्लामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय र संघ संस्थाले गर्ने महत्वपूर्ण निर्णय र जानकारीहरुलाई सर्वसाधारण माझ पु¥याउनका लागि कार्यालय परिसरमा सूचना पार्क बनाउने तयारी गरेको जनाएको छ ।