स्थानीयको वेवास्ताका कारण ज्यामरुककोटको ऐतिहाँसिक र प्राकृतिक सम्पदा प्रयोग विहिन

  • ६ कार्तिक २०७५, मंगलवार
  • धु्रबसागर शर्मा
  • 1761 पटक पढिएको

म्याग्दी, ६ कात्तिक। पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त रमणीय स्थल ज्यामरुककोट स्थानीयको वेवास्ता र संरक्षणको अभावमा वत्तिमुनिको अध्याँरो जस्तै बनेको छ । बेनीबजारदेखि करिव डेढ घण्टाको पैदल दुरीमा पर्ने ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत १५ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।
कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका ७५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि टीकावहादुर कार्कीले बताउनुभयो । ‘भकुण्डेसम्म पुगेको मोटरबाटोलाई भकुण्डेदेखिे कोटडाँडोसम्म पु¥याउने र २÷४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकहरु यहाँबाट हिमाल,नदी,गाउँ र सुर्योदयको अवलोकन गर्न आउँन सक्छन’ कार्कीले भन्नुभयो ।


ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुको यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् ।
ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएका शिलालेखमा उल्लेख छ ।

यहाँ थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार,ओखल,सिलौटो,छेलो लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।त्यहाँ रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दा यामवहादुर कार्कीले बताउनुभयो ।

पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि जनप्रतिनिधि र समितिले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन् ।

धु्रबसागर शर्मा