राहुघाटको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु

  • २ भाद्र २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, २ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको सुख्खा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माणाधीन बाँध । ७२ प्

झिँ र दग्नामको सिमाना क्षेत्रमा रहेकाे बाँधस्थलमा आज दिउँसो  गएको पहिरोको ढुङ्गा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नीरिक्षक सुचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिरोको ढुङ्गाले लागेर पाँच जना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याउन लागिएको छ ।
घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित आयोजनाका मजदुरहरुले घाइतेहरुको उद्धार गरी उपचारको लागि पठाइएको जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले रघुगंगा जलविद्युत आयोजना निर्माण गरिरहेको छ।