ओप्पोको बार्षिक बृद्धिदर १३३ प्रतिशत

  • २६ माघ २०७३, बुधबार
  • 1629 पटक पढिएको

fff
२६ माघ, काठमाण्डौ । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको बार्षिक बृद्धिदर (इयर अन इयर ग्रोथ) प्राप्त गर्न सफल भएको रिसर्च र्फम आईडीसीले जनाएको छ ।

आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौँ स्मार्टफोन ब्राण्डका रुपमा आफ्नो स्थान कायम गर्न सफल भएको हो । साथै, चिनियाँ बजारमा कम्पनीले हालैका दुई त्रैमासमा नम्बर १ स्थान हात पार्नपनि सफल भएको छ ।
आइडीसीको प्रारम्भिक डाटाका अनुसार सन् २०१६मा ओप्पोले बिश्व स्मार्टफोन बजारको ६ दशमलव ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । साथै, चारै त्रैमासमा सतप्रतिशत भन्दा बढी बार्षिक बृद्धिदर हात पारेको छ ।

‘सन् २०१६मा सरल र केन्द्रित रणनीति अपनाउँदै हामीले उपभोक्ता माझ आफ्ना प्रिमियम गुणस्तर तथा उत्कृष्ट क्यामेरा सहितका उत्पादन पस्क्यौँ’, ओप्पो भीपी तथा ईन्टरनेशनल मोबाइल विजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘आफ्ना उपभोक्ताको माग तथा आवश्यकता अनुसारका उत्पादन पस्किने प्रतिबद्धता नै हाम्रो सफलताको प्रमुख कारण हो ।’

उनले यही प्रतिबद्धतालाई दुई गुणा बढाउँदै यस बर्ष विश्वब्यापी बजार विस्तारमा थप ध्यान केन्दि्रत गर्ने बताए ।

ओप्पोले पछिल्लो बर्ष दुई प्रमुख उत्पादन ‘सेल्फी एक्स्पर्ट एफ सिरिज’ र स्टाइलिश आर सिरिजमा आफ्नो ध्यान केन्द्रित गरेको थियो । उद्योगमै उत्कृष्ट मध्ये मानिएका फ्रण्ट तथा रियर क्यामेराले ब्राण्डको क्यामेरा फोन अवधारणाको प्रतिनिधित्व गरेको छ ।