म्याग्दी समाचार

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा २ पुस। राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्बृद्धीको आधार बनाउनुपर्ने बताउनुभयो ।... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु

म्याग्दी ३ पुस । नेकपा एमाले निकट शिक्षकहरूकाे संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष राम... पुरा पढ्नुहोस

आइसफल क्षेत्रको मनोरम दृष्य (तस्बिर)

बेनी, ३ पुस । मुस्ताङको लेतेबाट देखिएको धौलागिरि हिमशृङ्खलाको आइसफल क्षेत्रको दृष्य । बेनी–जोमसोम सडकखण्डबाट धौलागिरि र निलगिरि हिमशृङ्खलाको दृष्यलाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने आइसफलको दृष्य समेत देख्न सकिन्छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल निर्माण

म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा... पुरा पढ्नुहोस

वैदेशिक रोजगारीले रित्तिदै छन् गाउँ

– तारानाथ आचार्य बलेवा, ३ पुस ।  आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको एउटा उदाहरणका रुपमा यहाँको एउटा... पुरा पढ्नुहोस

सडक आयोजनाका ठेकदारले पारिश्रमीक नदिएपछि कामदारको हारगुहार

म्याग्दी, ३ पुष । कालीगण्डकी कोरीडोरको बेनी जोमसोम आयोजना अन्तरगत म्याग्दीको नारच्याङ चोकदेखि मुस्ताङको घासाँस्थित कैकु खोलासम्मको सडक निमार्णको जिम्मा लिएको निर्माण कम्पनीले पारिश्रमिक नदिएपछि कामदारले हारगुहार गर्न थालेका छ । १७ किलामिटर कालोपत्रेसहित स्तरोन्नतीको जिम्मा लिएको शर्मा गजुरमुुखी जेभिले विगत १३ महिनादेखि नियममित रुपमा गर्ने कामदारलाई पारिश्रमिक नदिएको कामदार... पुरा पढ्नुहोस

पारिवारीक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी चयन

बेनी ३ पुस । पारिवारीक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । शुक्रबार म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल,सचिवमा राजकुमार भण्डारी ,सहसचिवमा राजकुमारी गर्बुजा ,कोषाध्यक्षमा डम्मरकुमारी... पुरा पढ्नुहोस

पर्यटकको पर्खाइमा बागलुङकाे शङ्ख बज्ने पहरा

बागलुङ २ पुस । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो । जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन... पुरा पढ्नुहोस

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, १ पुष । मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक... पुरा पढ्नुहोस

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

  म्याग्दी १ पुस। सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले... पुरा पढ्नुहोस